औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा सामाजिक बीमाको एउटा प्रकार हो जसले पेशागत दुर्घटनाबाट पीडित कामदारहरूलाई औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाको सुविधाहरू भुक्तान गर्दछ ।
औद्योगिक दुर्घटनाबाट पीडित कामदारले औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा सुविधा पाउनलाई‚ काम गर्ने व्यवसाय औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमाको योजनाधारक हुनु पर्नेछ र उक्त औद्योगिक दुर्घटना पेशागत दुर्घटना भनेर मान्यता प्राप्त हुनुपर्दछ ।
कोरिया वर्कर्स कम्पेन्सेसन एन्ड वेल्फेयर सर्भिस र पुनर्स्थापना सहयोग र सहायताबाट पेशागत दुर्घटनाबाट पीडित कामदारहरूलाई भुक्तान गरिने औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा जस्तै मेडिकल केयर बेनिफिट‚ टेम्पोररी लेअफ बेनिफिट‚ अपांगता सुविधा‚ नर्सिङ बेनिफिट‚ चोटपटक–रोग क्षतिपूर्ति वापत वार्षिक रुपमा पाउने सुविधा‚ सर्भाइभर्स बेनिफिट‚ अन्त्येष्टि खर्च‚ व्यावहारिक पुनर्स्थापना सुविधा‚ आदि बारे यो दस्तावेजले विस्तृत जानकारी उपलब्ध गराउनेछ ।