Simple & Easy Law Info

Simple & Easy Law Info

बिदेशी कामदारको रोजगार / रोजगारी

विदेशी कामदारहरूको रोजगारी र काम ┃2. रोजगार अवधिमा प्रतिबन्ध तथा विशेष प्रावधानहरू www.easylaw.go.kr



प्रश्न. गैर-व्यावसायिक रोजगार (E-9) भिसा वा वर्क एण्ड भिजिट (H-2) भिसा भएका विदेशी कामदारले कति समयसम्म कोरियामा काम गर्न सक्छन्?



उहाँले प्रवेश गरेको मितिदेखि बढीमा तीन वर्षसम्म काम गर्न सक्नुहुन्छ। विदेशी कामदारहरूको रोजगार ऐनको  धारा 18



प्रश्न. के रोजगार अवधिमा प्रतिबन्धसम्बन्धी कुनै पनि विशेष प्रावधानहरू छन्? विदेशी  कामदारका लागि बढीमा दुई वर्ष सम्ममा एकपटक रोजगार अवधि लम्बाइएको हुन सक्छ जसको रोजगारदाताले तीन वर्षको रोजगार अवधि समाप्त भएका कारण उहाँ निस्कनुअघि रोजगार तथा श्रम मन्त्रीसँग पुन:रोजगारका लागि अधिकार दिन अनुरोध गर्नुहुन्छ ।   विदेशी कामदारहरूको रोजगार ऐनको धारा 18-2(1)



प्रश्न. गैर-व्यावसायिक रोजगार (E-9) भिसा वा वर्क एण्ड भिजिट (H-2) भिसा भएका विदेशी कामदारहरू कोरियाबाट निस्किएर पुनः प्रवेश गरेको खण्डमा कहिलेबाट काम गर्न सक्छन्?



पुनः प्रवेशको अवस्थामा रोजगार अवधि प्रतिबन्ध निम्नानुसार हुन्छ।  सिद्दान्त व्यवसायी कामदारहरूका लागि विशेष प्रावधानहरू सिद्धान्तमा, कोरियामा काम गरेर निस्किएका विदेशी कामदारले आफू निस्किएको छ महिना बितिसकेपछि फेरि काम गर्न सक्छन्। व्यवसाय वा आफू कार्यरत व्यवसायको स्थान परिवर्तन नगर्ने जस्ता आवश्यकताहरू  पूरा गर्ने विदेशी कामदारहरूका लागि, विशेष प्रावधानहरू लागू हुने छन् जसकारण कामदार आफू निस्किएको मितिदेखि एक महिना बितिसकेपछि फेरि काम गर्न सक्छन्। विदेशी कामदारहरूको रोजगार ऐनको धारा 18-3 र 18-4



 विस्तृत कानुनी जानकारी चाहिएमा,   कृपया easylaw.go.kr मा गई ''विदेशी कामदारहरूको रोजगारी'' खण्ड हेर्नुहोस्।



  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보